+

मध्यपुरलाई एन्फाले गरेको कारबाहीप्रति कार्यसमितिकै ११ जनाको असहमति

२०८० पुष  २२ गते १६:०९ २०८० पुष २२ गते १६:०९
मध्यपुरलाई एन्फाले गरेको कारबाहीप्रति कार्यसमितिकै ११ जनाको असहमति

२२ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन क्लब मध्यपुर युथ एशोसियसनलाई गरेको कारबाहीप्रति कार्य समितिका वरिष्ठ उपाध्यक्षसहित ११ जनाले अहसमति जनाएका छन् । उनीहरुले अध्यक्षलाई सम्बोधन गर्दै यससम्बन्धी पत्र एन्फामा दर्ता पनि गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित, उपाध्यक्ष विराटजंग शाही, उपाध्यक्ष दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश व्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मणिराज विष्टले असमति पत्रमा हस्ताक्षर गरेका छन् ।

एन्फाको विधानको धारा १४(१) (ङ) र (च) अनुसार फुटबल क्लबको अधिकार खोस्ने अधिकार एन्फाको क्षेत्राधिकार भित्र नपर्ने नभएकाले आफूहरु कारबाहीप्रति सहमत नभएको उनीहरुले बताएका छन् । विधानले क्लबलाई प्रतियोगितामा भाग लिन र एन्फा गतिविधिमा सहभागी हुने अधिकार सुनिश्चित गरेको उनीहरुको दाबी छ।

२ पुसमा बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले मध्यपुर युथ एशोसियसनलाई विधान विपरीत काम गरेको भन्दै छानबिन प्रक्रिया पूरा नभएसम्म कुनै कार्यक्रममा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो ।

‘विधानविपरीत कार्य गरेको कारण थप अनुसन्धान र छानबिन गर्न एन्फा अनुशासन समितिमा पठाउने त्यस सम्बन्धमा निर्णय नभएसम्मका लागि फुटबल गतिविधिमा मध्यपुरलाई सहभागी नगराउने निर्णय भएको छ,’ एन्फाले निर्णयमा भनिएको छ ।

२३ कात्तिक मकवानपुरमा भएको एन्फाको विशेष साधारण सभा रोक्न माग गर्दै मध्यपुर युथ एशोसिएसनका सहसचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सुरेश शाहलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

तर कात्तिक १६ गते अदालतले विशेष साधारण सभा रोक्नका लागि अन्तरिम आदेश जारी नहुने आदेश दिएको थियो । त्यसपछि हेटौंडामा विशेष सधारण सभा भएको थियो । र त्यहाँ अध्यक्ष नेम्वाङले विश्वासको मत पाएका थिए । त्यसपछि बसेको एन्फाको पहिलो बैठकले नै मध्यपुरलाई कारबाही गरेका थियो ।

बी डिभिजनका १३ क्लबले पनि कारबाहीप्रति विरोध जनाएका छन् । उनीहरूले कारबाहीको निर्णय फिर्ता नलिए एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी यसअघि नै दिइसकेका छन् ।

एन्फा कार्यसमिति एन्फा बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय