
२२ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्ने भएका हुन् ।
सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।
त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् ।बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।
गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।
त्यस्तै कर्णालीमा ४० प्रदेशसभा सदस्य र १५६ स्थानीय तहका जनप्रतिनिधि गरी १९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् । १९ सदस्य चयनका लागि ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
हेर्नुहोस् कुन प्रदेशमा कति मतदाता र मतभार ?
क्र.सं. | प्रदेश सभा | स्थानीय तह | कूल मतदाता सङ्ख्या | कूल मतभार | |||||
प्रदेश | मतदाता संख्या | मतभार | जम्मा मतभार | मतदाता संख्या | मतभार | जम्मा मतभार | |||
१ | कोशी | ९३ | ५३ | ४९२९ | २७४ | १९ | ५२०६ | ३६७ | १०१३५ |
२ | मधेश | १०७ | ५६७१ | २६७ | ५०७३ | ३७४ | १०७४४ | ||
३ | बागमती | ११० | ५८३० | २३७ | ४५०३ | ३४७ | १०३३३ | ||
४ | गण्डकी | ६० | ३२८० | १७० | ३२३० | २३० | ६४१० | ||
५ | लुम्बिनी | ८७ | ४६११ | २१८ | ४१४२ | ३०५ | ८७५३ | ||
६ | कर्णाली | ४० | २१२० | १५६ | २९६४ | १९६ | ५०८४ | ||
७ | सुदूरपश्चिम | ५२ | २७५६ | १७६ | ३३४४ | २२८ | ६१०० | ||
जम्मा | ५४९ | २९०९७ | १४९८ | २८४६२ | २०४७ | ५७५५९ |
प्रतिक्रिया 4