+
+

स्याङ्जाको मालुङ्‍गामा नेपाल टेलिकमको एफटीटीएच सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १७:२७

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाका मालुङ्‍गाबजार र सो आसपास क्षेत्रलाई समेट्ने गरी उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट (एफटीटीएच) सेवाको विस्तार गरेको छ ।

उक्त सेवा मार्फत मालुङ्‍गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, विद्यालय तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अबउच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् ।

एफटीटीएच सेवा अन्तर्गत २५ एमबीपीएसदेखि १ जीबीपीएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनीय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले जानकारी दिए ।

मालुङ्‍गा बजार गल्याङ नगरपालिका–१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।

त्यसैगरी, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्फत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पीएसटीएन तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्फत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ ।

एफटीटीएच सेवामा गुणस्तरीयता र विश्वसनियता दुवै रहेकाले गल्याङ कार्यालय मार्फत करिब १३ किलोमिटर परको दूरीमा विस्तार गरी प्रथम पटक मालुङ्‍गामा ल्यान्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणिप्रसाद बस्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?