+
+

बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति, मृतकको शव उठाइने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १९:०९

२२ पुस, जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए ।

प्रदर्शन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको थियो । आइतबार आन्दोलनरत पक्ष र जिल्ला प्रशासन कार्यालयबीच ११ बुँदे सहमति भएकव छ ।

बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको छ ।

बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।

हेर्नुहोस् सहमतिका बुँदाहरु

१. आन्दोलनको क्रममा असमायिक निधन भएका युवा व्यवसायी जयशंकर साहप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदन व्यक्त गर्ने ।

२.गृहमन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने ।

३.मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने ।

४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंग्याउने ।

५. मृतकको शालिक अस्पताल प्रांगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने ।

६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने ।

७. मृतकको नामबाट प्रक्रिया पर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामकरण गर्ने ।

८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने ।

९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने ।

१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने ।

११. मृतकको शव तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?