+

आर्सनललाई हराउँदै लिभरपुल एफए कपकको चौथो चरणमा

२०८० पुष  २३ गते ८:५३ २०८० पुष २३ गते ८:५३
आर्सनललाई हराउँदै लिभरपुल एफए कपकको चौथो चरणमा

२३ पुस, काठमाडौं । अन्तिम दश मिनेटमा दुई गोल गर्दै आर्सनलाई २-० ले हराएर लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमै पराजयपछि आर्सनल तेस्रो चरणबाटै बाहिरिएको छ ।

खेलको ८०औं मिनेट आर्सनलका जज्याकु किविओरले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । यस्तै इन्जुरी टाइममा लुइस डियाजले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

कप्तान भर्जि भान डाइ (बिरामी) र फरवार्ड मोहमद सालाह (अफ्रिकन कप खेल्न गएका) नभए पनि लिभरपुलले आर्सनलमाथि दबाब बनाएको थियो ।

लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय