+

हडस्फिल्ड टाउनलाई ५ गोल हान्दै म्यान सिटी एफए कपको चौथो चरणमा

२०८० पुष  २३ गते ८:५५ २०८० पुष २३ गते ८:५५
हडस्फिल्ड टाउनलाई ५ गोल हान्दै म्यान सिटी एफए कपको चौथो चरणमा

२३ पुस, काठमाडौं । केभिन डे ब्रुएनाले पुनरागमन गरेको खेलमा म्यानचेष्टर सिटीले हडस्फिल्ड टाउनलाई ५-० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

ह्यास्ट्रिङ इन्जुरीका कारण मैदान बाहिर रहेका डे ब्रुएनाले अगष्टपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेका हुन् । उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि फिल फोडेनले ३३औं र ६५औं मिनेटमा गोल गरे । यस्तै जुलियन अल्भारेजले ३७औं र जेरेमी डोकुले ७४औं मिनेटमा गोल गरे ।

हडस्फिल्डमा बेन ज्याक्सनले ५८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय