+
+

कतिमा खुल्यो हिमालयन रिइन्स्योरेन्सको कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते ११:१०

२३ पुस, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सोमबारदेखि कारोबार सुरु भएको छ । एचआरएल कोड नामबाट कम्पनीको कारोबार खुलेको हो ।

प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो । सो कारोबारपछि कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य केही दिन बढ्ने अनुमान छ ।

कम्पनीको कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको छ । जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ । यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?