+
+

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ खरिद बिक्री ? 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:४६
२३ पुस, काठमाडौं । लगातार तीन कारोबार दिन स्थिर रहेको सुन र चाँदीको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ ।
मूल्य घटेसँगै सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार २ सय ५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
यसअघि गत १९, २० र २२ पुसमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?