
२३ पुस, सुर्खेत । राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरुले मनोनयन दर्ता गएका हुन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्न जाँदा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबजंग शाहदेखि प्रदेशस्तरीय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।
कर्णालीमा राष्ट्रिय सभाको लागि तीन सिटमा मतदान हुँदैछ । सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार संख्या कमजोर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4