
काठमाडौं । साहित्यकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’माथि अमेरिकाको डालसमा विमर्श गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस अमेरिकाले आइतबार गरेको परिचर्चा कार्यक्रमका वक्ताहरुले कृष्ण कुसुमको ‘पार्श्वधुन’ पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको बताए ।
कार्यक्रममा समीक्षकको रुपमा लेखक सतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुई दशकदेखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रुपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको टिप्पणी गरे ।
अर्का वक्ता निर्मला राईले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरु भएकाले सबै कथामा आफ्नै कुरा आएको टिप्पणी गरिन् । उनले कुसुमका कथामा प्रयोग गरिएको विम्बहरुले आफूलाई पूर्वी पहाडको बाल्यकालमा पुर्याएको भन्दै कथाकारको लेखनशैलीको प्रशंसा गरिन् ।
भीम कार्कीले पार्श्वधुनमा विदेशी परिवेश, नेपाली राजनीति, सामाजिक चेतना र मनोविज्ञान गरी चारवटा विषय सजीव रुपमा चित्रण भएको व्याख्या गरे ।
प्रतिक्रिया 4