२३ पुस, काठमाडौं । यू-१९ राष्ट्रिय महिला फुटबल टिमको म्यानेजरमा इन्दु दुवाल नियुक्त भएकी छिन् ।
उनले बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपमा टिमको म्यानेजरको भूमिका निर्वाह गर्नेछिन् ।
सोमबार एन्फा महासचिव किरण राईले इन्दुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
इन्दुले यसअघि बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा पनि टिम म्यानेजरको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतिक्रिया 4