+
+

संसदीय समितिमा डेडिकेटेड र ट्रंक लाइनको विवाददेखि संघीयतासम्मका विषयमा छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते ९:३६

२४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट वितरित ट्रंक र डेडिकेटेड लाइनको विवादका विषयमा आज संसदीय समितिमा छलफल हुँदै छ । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ट्रंक र डेडिकेटेड लाइनका विषयमा छलफल हुन लागेको हो ।

डेडिकेटेड र ट्रंक लाइनको विवादका बीच महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगहरुको लाइन काटिदिएको छ । बिजुलीको लाइन काटिदिएको विरोधमा उद्योगी व्यवसायी र मजदुरहरुले प्रदर्शन गर्दै आएका छन् ।

यही सन्दर्भमा पूर्वाधार विकास समितिले डेडिकेटेड र ट्रंक लाइनका सन्दर्भमा छलफल गर्न लागेको हो । यही समितिमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको १० हजार मेगावाट विद्युत व्यापार सहमतिको अवस्था, महाकाली सन्धि र सो सन्धिको प्रावधानले सिर्जित पञ्चेश्वर जस्ता परियोजनाको हालको अवस्थाका बारेमा समेत छलफल गर्ने कार्यसूची छ ।

आजै अन्य चार संसदीय समितिका बैठकहरु पनि बस्दै छन् । बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल जारी रहने छ । यो समितिमा विधेयकमा २० पुसदेखि दफाबार छलफल हुँदै आएको छ ।

आज बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यही समयमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रशासनिक संघीयता सम्बन्धमा भए गरेका कामकारवाही, वर्तमान अवस्था र समस्या एवं चुनौति, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको ९९ बुँदे सिफारिसमध्ये मन्त्रालयसँग सम्बन्धित सिफारीस कार्यान्वयन अवस्थाका बारेमा छलफल हुनेछ ।

आज दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्चवर्षीय योजनाको सम्बन्धमा छलफल हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?