+
+

सुनको मूल्य घट्दा चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते ११:५४

२४ पुस, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँ तोकिएको थियो ।

मंगलबार सुनको मूल्य घटेपनि चाँदीको भने स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ । सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?