
२४ पुस, बिराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताएका छन् ।
राप्रपाका प्रदेशसभा सदस्य विष्ट मंगलबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख विष्टले भने, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’
पार्टीले प्रदेश खारेजीको माग राखेको छ, तपाईँ चाहिँ सभामुख हुनुभयो नि भन्ने प्रश्नमा उनले भने, ‘मैले मात्र होइन, अरुले पनि पाउनु भएको छ । बागमतीमा पनि हुनुहुन्छ, लुम्बिनीमा हुनुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4