+
+

महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १७:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ मा रहेको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मत गरिदिने भएको छ । यसका लागि बैंकले महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पनि गरेको छ ।

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्र आदानप्रदान गरे ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्‍याउने उद्देश्यले व्यवस्थापन पक्षसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

बैंकले २०७७ सालमा बगैंचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।

दर्शनार्थीहरुले मन्दिरलाई सहयोग गर्न चाहेको खण्डमा बैंकले क्यूआर कोडको व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?