+
+

राष्ट्रियसभामा उम्मेदवारी दिएका कांग्रेसका भट्टविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १७:४५

२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नारायणदत्त भट्टविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

सत्तारुढ गठबन्धनकातर्फबाट आपांगतातर्फ आइतबार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले भट्टले कीर्ते आपाङ्गगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको जनाएको छ । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?