
२४ पुस,विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् ।
मंगलबार प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।
सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।
सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताए । निर्वाचित भएपछि उनले भने, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4