+
+

ट्रंक लाइन विवादमा छानबिन समिति बनाउने सरकारको निर्णय स्वागतयोग्य : उद्योगी शाहिल अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १८:३८
फाइल तस्वीर

२४ पुस, काठमाण्डौ । डेडिकेटेड र ट्रंक लाइन विवादबारे छानबिन गर्न समिति बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको उद्योगी शाहिल अग्रवालले बताएका छन् ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका उद्योगी अग्रवालले समिति वनाउने सरकारको निर्णयले धेरै बर्षदेखिको समस्या समाधान हुने बताए ।

‘छानबिन समितिको टीओर कस्तो छ भन्ने त थाहा भइसकेको छैन, तर सरकारले कानुन र विधिसम्मत तरिकाले समस्याको समाधान गर्ने बाटो खोल्यो भन्ने हामीलाई लागेको छ,’ अग्रवालले भने, ‘यो अग्रसरताका लागि प्रधानमन्त्रीज्यूलाई हामी धन्यवाद दिन चाहान्छौं ।’

आफूहरुले न्यायसम्मत रुपमा समस्याको समाधान हुनुपर्‍यो भन्ने माग गरिरहेको सन्दर्भमा सरकारको निर्णयले विधि र कानुनको सम्मान गरेको हुँदा यो कदम स्वागतयोग्य भएको उनले बताए ।

‘हामीले पनि कानुन मान्नुपर्‍यो, प्राधिकरणले पनि कानुन मान्नुपर्‍यो भन्ने हाम्रो सुरुदेखिकै कुरा हो,’ उनले भने, ‘तर कुलमानजीले बलजफ्ती गर्दै हामीलाई फ्रड चित्रित गर्न खोज्नुभएको थियो, त्यो सफल भएन, उहाँले पनि कानुनको पालना गर्नैपर्छ भनेर बुझ्नुपर्छ ।’

प्रमाणका आधारमा महसुल तिर्न आफूहरु जहिले पनि तयार रहेको उनको भनाइ छ । छानबिन समितिले नियम, कानुन र प्रमाणका आधारमा विवाद समाधान गरेर नेपालमा औद्योगिक वातावरण कायम गर्नेमा आफूहरु आशावादी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?