+
+

१६ जना डीआईजीको सरुवा, सबै प्रदेशका प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १८:५३

२४ पुस, काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय  प्रमुख पनि फेरिएका छन् ।

गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज तानिएको छ ।

हेर्नुहोस् डीआईजीको सरूवा सूची:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?