
२४ पुस, जनपुरधाम। जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।
ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो ।
सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ ।
डिएसपी अवालेका अनुसार अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास भइरहेको छ ।
आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4