
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक, सामाजिक तथा धार्मिक संस्थाहरुलाई सहयोग गरेको छ ।
महालक्ष्मी विकास बैंकका विभिन्न स्थानमा रहेका शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकको न्यूरोड शाखाले न्यूरोडमा रहेको हिमालय माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको छ । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।
विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रिन्टर सहयोग गरिएको बैंकले जनाएको छ ।
त्यसैगरि बैंकको गोगंबु शाखाले काठमाडौं महानगरपालिका–२६ मा अवस्थित पवित्रनगर समाजलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामग्री खरिद गर्नका लागि सो रकम सहयोग गरिएको बैंकले जनाएको छ । गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तर गरेकी थिइन् ।
बैकको बसुन्धरा शाखाले टोखा नगरपालिका–४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर सहयोग गरेको छ । श्रीकृष्ण मन्दिरमा नियमित रुपमा २ वटा हलमा भजन कीर्तन सञ्चालनका लागि उफर सहयोग गरिएको बैंकले जनाएको छ । शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उक्त उफर हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4