+
+

ललितपुर महानगरको स्वास्थ्य बीमाको प्राविधिक जिम्मेवारी पाटन अस्पताललाई

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १३:२६

२५ पुस,काठमाडौं। ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ ।

ललितपुर महानगरमा बुधबार आयोजित कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारी पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा.पारस कुमार आचार्य र महानगर प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गरेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. पारस कुमार आचार्यले महानगरको स्वास्थ्य बीमा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।ललिपुर महानगरले महानगरको १०५औं स्थापना दिवस पुष २ गते अपाङगता भएका दुई व्यक्तिलाई बीमा कार्ड प्रदान गरेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो।

महानगरले वडाबाट बीमितहरुको तथ्यांक संकलन गर्न दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगीले तालिम पश्चात नाम संकलन गर्नेछन् । आउँदो फागुन १ गतेदेखि बीमा कार्यक्रम सम्पूणर्का लागि लागू हुनेछ ।

समझदारी पत्रमा उल्लेख भए अनुसार विशेषज्ञ चिकित्सक सहितको बहिरंग सेवा, आकस्मिक सेवा ,फार्मेसी सेवा ,रेडियोलोजी, एम्बुलेन्स सेवा पाटन अस्पतालले उपलब्ध गराउनेछ ।

स्वास्थ्य बिमा अन्तर्गतको दाबी भुक्तानीको विवरण हरहिसाब तोकिए बमोजिमको ढाँचामा राख्ने तथा स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुनेछ । यो समझदारीको अवधि १० वर्षसम्म रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?