
२५ पुस, काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १७ पुसयता सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।
बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको थियो ।
बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१० मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4