२४ पुस, काठमाडौं । नेपाल बेसबल एण्ड सफ्टबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको प्रथम राष्ट्रिय बेसबल फाइभ प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समीकरण तयार भएको छ ।
सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेश विरुद्ध खेल्ने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भइरहेको प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा ७ टिम सहभागी छन् । बेसबल फाइभ प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना गरिएको आयोजक नेपाल बेसबल एण्ड सफ्ट बल संघका अध्यक्ष दीपक न्यौपानेले जनाएका छन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4