+

इएफएल कप : सेमिफाइनल पहिलो लेगमा लिभरपुलको पुनरागमन जित

२०८० पुष  २६ गते ८:०२ २०८० पुष २६ गते ८:०२
इएफएल कप : सेमिफाइनल पहिलो लेगमा लिभरपुलको पुनरागमन जित

२६ पुस, काठमाडौं । इएफएल कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले फुलहममाथि २-१ को पुनरागमन जित जित निकालेको छ ।

कर्टिस जोन्स र कोडी गाक्पोले दोस्रो हाफमा गरेको गोल मद्दतमा लिभरपुल पहिलो लेगमा विजयी भयो ।

खेलमा अग्रता भने विलियनको गोलबाट फुलहमले १९औं मिनेटमा लिएको थियो । तर अग्रता कायम राख्न सकेन ।

जोन्सले ६८औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए । यस्तै गाक्पोले ७१औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरे ।

अब लिभरपुल र फुलहमबीचको दोस्रो लेग २४ जनवरीमा हुनेछ । अर्को सेमिफाइनलको पहिलो लेगमा चेल्सी मिडल्स्ब्रोसँग १-० ले पराजित भएको थियो ।

इएफएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय