२६ पुस, काठमाडौं । अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको छ ।
गत वर्ष प्रधानमन्त्री कपमा शतक समेत प्रहार गरेका अंकितले टिमको कप्तानी गर्ने छन् । त्यस्तै, राष्ट्रिय टिममा नेट बलरको रुपमा रहेका बायाँ हाते तिव्र गतिका बलर कमल खत्री पनि टिममा रहेका छन् ।
कोशीको प्रधानमन्त्री कप खेल्ने टोली
अंकित सुवेदी (कप्तान), फिर्दोस अन्सारी (उपकप्तान), सोनु अन्सारी, मिनास थापा (विकेटकिपर), आइस भट्टराई, सुजन थपलिया, सुमन गहतराज, समिर कार्की, सोनु मण्डल, कमल खत्री, हेमन राई, भुपाल लुइँटेल, अभियास तिम्सिना र सौजन घिमिरे ।
वैकल्पिक खेलाडी : दीपकराज जोशी, भुपाल डंगोल, सौगात भट्टराई र अश्विन कामत ।
टिम प्रशिक्षक : पुष्प थापा
टिम व्यवस्थापक : सुरेश गुरागाईं
प्रविधिक विश्लेषक : विनित बास्तोला
प्रतिक्रिया 4