+
+

सुनको मूल्यमा निरन्तर गिरावट, कति छ बजार भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १२:३७

२६ पुस, काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार १७ पुसयता सुनको मूल्य ओरालो लागेको हो । १७ पुसमा छापावाल सुनको प्रतितोला १ लाख २१ हजार रुपैयाँ थियो । त्यसयता तोलामा २ हजार ७ सय रुपैयाँले घटेर बिहीबार छापावाल सुनको कारोबार १ लाख १८ हजार ३ सय रुपैयाँमा भइरहेको छ । तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

बुधबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ ताकिएको थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ । बुधबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?