+
+

विवाहअघि लाइसेन्स लिने व्यवस्था गरौं : आरजु राणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १५:२२

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।

‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ’ उनले भनिन् ।

धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै आरजुले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको पनि बताइन् । ‘पहाडी जिल्लाहरुमा स्कुल लेभलमा नै विवाह गरेकाहरु छन् । उनीहरुलाई कसले अभिमुखिकरण गर्ने ?’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?