
२७ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।
अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ । सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने उनले बताए ।
तर कति दिनमा सुरुङ सफा हुन्छ र कहिलेदेखि नियमित रुपमा पानी पठाइउन सकिन्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए ।
मेलम्ची नदीको माथिल्लो क्षेत्रमा भएको वर्षापछि लेदो सहितको बाढी आएकाले गत असारमा सुरुङ बन्द गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4