+
+

नाटक ‘मासिन्या’ माघ ११ देखि मण्डला थिएटरमा मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १८:४३

काठमाडौं । बुद्धि तामाङ र सोनाम लामाको निर्देशन रहेको नाटक ‘मासिन्या’ आगामी माघ ११ देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।

तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको नाटकलाई रावत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् । नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक तामाङले बताए ।

उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्दर्य, डम्फू संस्कृति र परिवेशलाई चित्रण गरिएको छ । नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समूहको विश्वास छ ।

अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल भइरहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायत कलाकारको अभिनय छ । नाटक माघ २८ गतेसम्म मञ्चन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?