
२७ पुस, काठमाडौं । फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
जावलाखेलमा भएको अर्को सेमिफाइनलमा कुपण्डोल ४० ले तकामी भेट्रानलाई ३–० गोलले हरायो ।
विजयी टिमका लागि निलेन्द्र देवान, राजु तामाङ र उज्ज्वल श्रेष्ठले समान १–१ गोल गरे । ललितपुर महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4