
२७ पुस, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति साढे ११ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास थियो । भूकम्पले क्षति पुर्याए नपुर्याएको जानकारीमा आएको छैन ।
यसअघि गत असोज र कात्तिक महिनामा बझाङ केन्द्रविन्दु भएर पटक पटक भूकम्प गएका थिए ।
भूगर्भविदहरु सिंगो नेपाल भूकम्पको अति जोखिम क्षेत्रमा रहे पनि पश्चिम नेपालमा झन् बढी जोखिम रहेको बताउँछन् । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमम पश्चिममा गरी ठूलो जनधनको क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4