
२८ पुस, काठमाडौं । धेरै नेपालीले मनाउने चाडमध्ये एक हो माघेसंक्रान्ति । हिन्दू धर्मावलम्बीले यसलाई माघेसंक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा मनाउँछन् । थारु समुदायले माघीको रुपमा र मगर समुदायले माघे सकरातीका रुपमा मनाउँछन् ।
यो पर्वमा समुदाय अनुसार प्रचलित विभिन्न परिकार छन्, यद्यपि शहरी क्षेत्रमा माघेसंक्रान्तिको महत्वपूर्ण परिकार हो चाकु । त्यसैले काठमाडौंको टोखामा माघे संक्रान्ति सुरु हुनुभन्दा एक महिना अघिदेखि नै चाकु बनाउने चटारो सुरु हुन्छ । चाकु बनाएर माघेसंक्रान्ति अघि नै बजारमा पठाउनुपर्ने हुनाले व्यवसायीहरु यसको तयारीमा लाग्छन् ।
सख्खर पकाएर त्यसलाई राम्ररी बाटेर विभिन्न आकार प्रकारमा जमाएर नरिवल लगायतका मसला राखेर प्याकिङ गरिन्छ । त्यसपछि बजारमा पठाइन्छ ।
हेर्नुहोस् टोखामा चाकु बनाइएको तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4