+
+

ताइवानमा ‘चीन विरोधी’ नेता राष्ट्रपति चुनावमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १३:१३

२९ पुस, काठमाडौं । ताइवानमा चीन विरोधी छवि बनाएको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले विजय हात पारेको छ । यो चुनावी नतिजासँगै उक्त पार्टीका अध्यक्ष विलियम लाइ ताइवानको भावी राष्ट्रपति हुने भएका छन् ।

ताइवानका मतदाताहरूले भर्खरै सम्पन्न निर्वाचनमा ताइवानको सार्वभौमसत्ता समर्थक उम्मेद्वार तथा ताइवानका उपराष्ट्रपति विलियम लाइलाई आफ्नो राष्ट्रपतिको रूपमा रोजेका हुन् । लाइ चीनबाट ताइवानलाई अलग गराउने बाटो फराकिलो र बलियो बनाइरहेका नेता हुन् ।

डेमोक्र्याटिक पिपुल्स पार्टीको निकटतम प्रतिद्वन्द्वी कोमिन्ताङ पार्टीले हार स्वीकार गरेको छ । उक्त पार्टीले चुनावमा चीनसँगको सम्बन्ध थप राम्रो बनाउने नारा दिएको थियो ।

बीबीसीका अनुसार उक्त पार्टीका राष्ट्रपतीय उम्मेदवार हु-यु यीले लाइलाई बधाई दिँदै ताइवानका चुनौतीहरूको सामना गर्न सबै दलहरू मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

उनले ताइवानसँग धेरै समस्या रहेकाले यसको समाधान दिने र युवाका लागि काम गर्ने सरकार चाहिएको प्रतिक्रिया दिएका छन् ।

चीनले उनलाई ‘समस्याकर्ता’ को रूपमा वर्णन गर्दै आएको छ । चीनले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न पनि आग्रह गरेको थियो ।

निर्वाचनमा सहभागी तेस्रो दल ताइवान पिपुल्स पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बनेका वेन-जेले पनि पराजय स्वीकार गरिसकेका छन् ।

लाइ ५० लाख मत प्राप्त गर्ने पहिलो राष्ट्रपति उम्मेदवार बनेपछि चीनको तनाव बढेको छ ।

चुनाव जितेसँगै लाइले चीन बारे सावधानीपूर्वक प्रतिक्रिया दिएसँगै उनी चीनसँग ताइवानको सम्बन्धमा निकै सजग रहेको प्रस्ट हुन्छ ।

बीबीसीका अनुसार उनले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताए ।

चीनले ताइवानलाई आफ्नो अंग मान्दै आएको छ । उसले स्वतन्त्र राष्ट्रको रूपमा ताइवानको अस्तित्वलाई अस्वीकार गर्दै आएको छ।

रणनीतिक महत्वपूर्ण ताइवानका लागि चीन र अमेरिकाले चुनावी परिणाम आफ्नो पक्षमा पार्न मिहिनेत गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?