
२९ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकको २२ औं वार्षिक साधारणसभाबाट सेयरधनीका लागि घोषित ६.४ प्रतिशत नगद लाभांश पारित भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार बसेको साधारणसभाले हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ । साथै लेखापरीक्षकको पारिश्रमिक समेत अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4