
२९ पुस, काठमाडौं । गभर्नरको नाममा फेक ह्वाट्सएप एकाउन्ट बनाएर कुराकानी गरिरहेको पाइएको भन्दै नेपाल राष्ट्र बैंकले सचते गराएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर समेत दुरुपयोग गर्दै राष्ट्र बैंककै कर्मचारीसँग संवाद गरेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराज पोख्रेलले बताए ।
‘कर्मचारीहरुसँग त्यसरी कुराकानी गरेपछि उहाँहरुलाई पनि आशंका भयो । त्यसपछि हामीले तुरुन्तै प्रहरीको साइबर ब्यूरोमा पनि उजुरी दिएका छौं । राष्ट्र बैंकमा कर्मचारीसँग सम्वाद भएको भएपनि कुनै सूचनाको दुरुपयोग भने हुन पाएन,’ उनले बताए ।
‘राष्ट्र बैंकमा कार्यरत कर्मचारीसँग नै गभर्नर बनेर सम्वाद भएको पाइयो । जे जसरी कुराकानी भएको भएपनि यो विषय गम्भीर भएकोले साइबर ब्यूरोमा पनि जानकारी गराएर सबैलाई सजक रहन सूचना प्रकाशित गरेका हौं,’ पोख्रेलले भने, ‘कर्मचारीसँग सम्वाद गर्नेले गभर्नर बनेर सबैसँग संवाद गरेको हुनसक्छ । त्यसैले सबैलाई सजग गराएका हौं ।’
प्रतिक्रिया 4