
काठमाडौं । ग्लोबल रिचले देशका मुख्य चार शहरमा ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौं, पोखरा, चितवन र बुटवलमा एजुकेसन फेयर सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ५ माघमा काठमाडौंमा, ६ माघमा चितवनमा, ७ माघमा बुटवलमा र ८ माघमा पोखरामा एजुकेसन फेयर सञ्चालन हुनेछ ।
अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै एजुकेसन फेयर सञ्चालन हुन लागेको कम्पनीको भनाइ छ ।
अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले फेयर सञ्चालन गर्न लागेको हो ।
काठमाडौंको डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सञ्चालन हुने एजुकेसन फेयरमा अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नेछन् । जहाँ विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ ।
कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्दैन ।
चितवनमा सञ्चालन हुने एजुकेसन फेयरमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने छ भने बुटवलमा हुने फेयरमा ९ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ ।
पोखरामा सञ्चालन हुने एजुकेसन फेयरमा ११ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तरक्रियाबाट प्रस्ट हुन सक्नेछन् ।
प्रतिक्रिया 4