
२९ पुस, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देश तथा विदेशबाट सुझाव लिने भएको छ ।
समितिको आइतबारको बैठकमा सभापति भानुभक्त जोशीले विधेयकको मस्यौदामा वेवसाइटमार्फत सुझाव संकलन गर्ने बताए ।
‘वेबसाइटमा राखिएको विधेयकको मस्यौदामा विश्वभर रहेका नागरिकबाट दफावार सुझाव राख्न व्यवस्था गरेका छौं’ उनले भने । त्यसरी आएको मनासिव सुझावलाई विधेयकको अंग बनाउने प्रयास गर्ने उनले बताए ।
प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी विधेयकको मस्यौदामा समितिले सम्बन्धित सरोकारवाला निकायहरुसँग नियमित रुपमा छलफल गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4