
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को पोस्टर सार्वजनिक भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा निर्माताले फस्टलुक ल्याएका हुन् ।
सार्वजनिक चार पोस्टरमा चरित्र चित्रणदेखि पात्रको मुड र कथावस्तुको सेटिङ देखाउने प्रयत्न गरिएको छ । भिन्न पोस्टरले भिन्न सेटिङ दर्शाएका छन् । पहिलोमा रेखा थापालाई चियावाली चरित्रमा प्रस्तुत गरिएको छ ।
दोस्रो पोस्टरमा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाललाई रोमान्टिक भावमा चित्रण गरिएको छ । तेस्रो पोस्टरमा बेनिशा र तेज गिरीलाई बेहुला-बेहुली अवतारमा पेश गरिएको छ ।
पूजालाई डेब्यु एक्टर समर्पणजंग कार्की र रेखालाई मुकुनको जोडीको रुपमा प्रस्तुत गरिएको छ । चौथो पोस्टरमा मुकुनलाई ह्वीलचेयरमा देखाइएको छ । पृष्ठभूमिमा उडेको जहाज देखाइएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्म्स र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् ।
निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेको छ । अभिनेत्री तथा निर्मात्री रेखाले अमेरिकाबाटै फिल्मको भर्चुअल प्रचार गरिरहेकी छन् ।
प्रतिक्रिया 4