
१ माघ, काठमाडौं । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख. ४१५० नम्बरको बसले पैदलयात्री ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको थियो ।
ठक्करपछि बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4