
१ माघ, काठमाडौं । आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।
यो पर्वका अवसरमा थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेका छन् ।
थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।
मगर समुदायले पनि माघ १ लाई नयाँ वर्षको सुरुवातको रुपमा मनाउने गरेका छन् । २०६५ सालमा सरकारले माघ १ लाई मगरको राष्ट्रिय पर्व नै घोषणा गरेको थियो ।
हेर्नुहोस् टुँडिखेलका तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4