+
+

यति विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १८:४०

१ माघ, पोखरा । अघिल्लो वर्ष माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले स्मृति स्तम्भ बनाएको छ ।

सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्य र जिल्ला प्रशासन कार्यालय प्रमुख वासुदेव घिमिरेले उक्त स्तम्भको संयुक्त अनावरण गरे ।

दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले १० लाख रुपैयाँ खर्चेर उक्त स्मृति पार्क बनाएको हो । स्तम्भमा मृतक सबैको नाम र ठेगाना कुँदिएको छ ।

गत वर्ष आजकै दिन काठमाडौंबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरा सेती किनारमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको थियो । विमानमा चालक दलका ४ जनासहित ७२ जनाको मृत्यु भएको थियो ।

स्तम्भमा विमान दुर्घटना चालक दलका सदस्यसहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकको मृत्यु भएको थियो । त्यस स्थानमा स्मृति स्तम्भसँगै स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको मेयर धनराज आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?