
२ माघ, काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत अर्को बन्दमुखी योजना स्टेबल फण्डमा लगानीका लागि आवेदन खुलेको छ । अंकित मूल्य १० रुपैयाँका दरले कुल ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
मंगलबारदेखि कम्पनीको फण्डमा छिटोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सम्पूर्ण इकाइका लागि आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिने समय लम्बिन सक्ने क्यापिटलले जनाएको छ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत म्युचुअल फण्डमा आवेदन दिन सकिनेछ ।
न्यूनतम १ सय र अधिकतम १ करोड कित्ताका लागि यसमा आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4