
२ माघ, काठमाडौं । माओवादी केन्द्रले चार महिने अभियानबाट वस्तुनिष्ठ मुल्याङ्कनको आधारमा दण्ड र पुरस्कार प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको छ ।
चार महिने अभियानको समापनपछि बसेको पार्टी स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि जारी परिपत्रमा माओवादी केन्द्रले चार महिने अभियानले समग्र पार्टी, नेता र कार्यकर्ताको मूल्याङ्कनको लागि राम्रो आधार तयार भएको उल्लेख गरेको छ ।
‘अभियानमा ३ प्रकारका प्रवृत्ति देखा परेको भन्दै माओवादीले यसको वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा कारवाहीको (दण्ड र पुरस्कार) प्रक्रियालाई आगामी दिनमा अगाडी बढाउनु पर्ने निष्कर्ष रहेको’ परिपत्रमा उल्लेख छ ।
यस्तै समग्रमा चार महिने रुपान्तरण अभियान मूलतः सफल रहेको, पार्टी गतिशिल रहेको, आम कार्यकर्तामा आशा, उत्साह र जागरण पैदा गरेको, आम जनसमुदायमा हाम्रो पार्टीप्रति विश्वास बढ्दै गएको माओवादीले जारी परिपत्रमा उल्लेख गरेको छ ।
विभिन्न समस्या, सीमा र कमजोरीका बाबजुद पार्टीको रक्षा गर्दै पार्टी एकतालाई सुदृढ गर्न अभियानले महत्वपूर्ण आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष छ ।बैठकमा प्रदेश इञ्चार्जहरुले आ-आफ्ना प्रदेशको अभियानको समिक्षा सहितको रिपोर्ट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4