+

मुख्यमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

२०८० माघ  २ गते २०:१० २०८० माघ २ गते २०:१०
मुख्यमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

२ माघ, काठमाडौं । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ९ स्पर्धा समावेश गरिएको आयोजकले जनाएको छ ।

विश्व ब्याडमिन्टन महासंघको नियम अनुसार खेलाइने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु–१९ पुरुष एकल, यु– १९ महिला एकल, यु– १३ महिला एकल, यु–१३ पुरुष एकल, पुरुष युगल, ४५ वर्ष भन्दा माथिको भेट्रान्स तथा ५५ वर्ष भन्दा माथिको भेट्रान्स स्पर्धा समोवश छ । सम्पूर्ण खेलहरु वसुन्धरा स्थित आयोजककै कभर्ड हलमा हुने छ ।

प्रतियोगिताको पुरुष र महिला एकलको विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

यसै गरी यु–१९ स्पर्धामा उपाधि विजेतालाई २५ हजार, उप विजेतालाई १५ हजार तथा तेस्रो हुने खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

पुरुष युगल तर्फ विजेता जोडीलाई ५० हजार, उपविजेतालाई २५ हजार तथा तेस्रो हुने जोडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । ४५ वर्ष भन्दा माथिको भेट्रान्समा विजयीलाई ३० हजार रुपैयाँ, उपविजयीलाई २० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । ५५ वर्ष भन्दा माथिको भेट्रान्स समूहमा विजेतालाई २० हजार, उप विजेतालाई १० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राम त्रिपाठी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सुवास श्रेष्ठ, अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल, फिटनेस पार्क एकेडेमीका प्रोप्राइटर अर्जुन पोखरेल, खेतान स्पोर्ट्स फाउन्डेसनका प्रमुख कार्यकारी विकास खेतानलगायत उपस्थित थिए । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।

ब्याडमिन्टन मुख्यमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय