
३ माघ, धनगढी । धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-४ बसपार्कका ६५ वर्षीय विष्णुबहादुर माझीको घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरको छतबाट लडेर गम्भीर घाइते भएका माझीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
छोराको घरमा बस्दै आएका उनी तीन तला माथिबाट खसेका थिए । माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4