
३ माघ, काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको छ ।
यसअघि मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४ सय कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4