+
+

ग्रामी अवार्डमा दुआ लिपा, बिली एलिस र ओलिभिया रोड्रिगोले प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १२:०१

काठमाडौं । विश्व संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामी आयोजना हुन अब केही साता मात्र बाँकी छ । ६६ औं संस्करणको यो अवार्डका लागि पहिलो चरणमा प्रस्तुति दिने पर्फमरको नाम सार्वजनिक भएको छ ।

आउँदो फेब्रुअरी ४ मा हुने अवार्ड समारोहमा विश्व संगीतका स्टारहरु दुआ लिपा, बिल्ली एलिस र ओलिभिया रोड्रिगोले प्रस्तुति दिने भएका छन् । यी संगीतकर्मी अघिल्लो ग्रामीका विजेता समेत हुन् ।

उनीहरुले आफूलाई प्रमाणित पनि गरिसकेका छन् । बिली एलिसले गतसाताको गोल्डेन ग्लोब अवार्डमा फिल्म ‘बार्बी’को गीत ‘आई मेड फर’बाट पुरस्कार जितेकी थिइन् ।

उनी यसवर्ष कूल ६ वटा ग्रामी अवार्डको मनोनयनमा छिन् । यो गीत रेकर्ड अफ द इयर, सङ् अफ द इयर, बेस्ट पप सोलो पर्फमेन्स, बेस्ट सङ फर भिजुअल मिडिया एण्ड बेस्ट म्युजिक भिडियो विधामा मनोनित छ । एचबीओ सिरिज ‘युफोरिया’को गीतबाट पनि बेस्ट पप र ग्रुप पर्फमेन्स विधामा सूचीकृत छिन् ।

दुआ लिपा चाहिँ फिल्म ‘बार्बी’को साउण्ड–ट्रयाक ‘डान्स द नाइट’बाट मनोनित छिन् । वर्षगीत र सङ फर द भिजुअल मिडिया विधामा लिपा मनोनित छिन् ।

अर्की गायिका ओलिभिया रोड्रिगो ६ वटा विधामा मनोनित छिन् यसबर्ष । ४ फेब्रुअरीमा ग्रामी अवार्ड अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ । यो कार्यक्रमलाई सीबीएस टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ भने ओटीटी प्लाटफर्म प्यारामाउण्ट प्लसले स्ट्रिमिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?