+

प्रधानमन्त्री कपमा आर्मी ९७ रनमा अलआउट, सूर्यले लिए ५ विकेट

२०८० माघ  ३ गते १२:३५ २०८० माघ ३ गते १२:३५
प्रधानमन्त्री कपमा आर्मी ९७ रनमा अलआउट, सूर्यले लिए ५ विकेट

३ माघ, काठमाडौं । बागमती प्रदेशका स्पीनर सूर्य तामाङले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप क्रिकेटमा विभागीय क्लब त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको आर्मी २७.१ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भीम सार्कीले १८ रन बनाए भने विवेक यादव ११ रनमा अविजित रहे । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सोमपाल कामी र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।

हिजो मंगलबारको खेलमा मधेश प्रदेशविरुद्ध ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध ५ विकेट लिए । उनले भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सन्दीप रजाली र साहब आलमलाई आउट पारेका हुन् ।

प्रधानमन्त्री कप क्रिकेट सूर्य तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय