
३ माघ, विराटनगर। कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
ताप्लेजुङ, पाँचथर इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ र सोलुखुम्बुका केही क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ ।
संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथाङ्कामा १ फिटसम्म हिउँ परेको छ ।
सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार गएरातिदेखि हिउँ परेको हो । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि चिसो बढेको उनले बताए ।
तेह्रथुमको तीनजुरेडाँडा, ताप्लेजुङको पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र सङ्खुवासभाको गुफापोखरी र पाँचथरको केही स्थानमा पनि हिमपात भएको छ ।
इलामको सन्दकपुरलगायतका क्षेत्रमा हिमपात भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4